Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

पहिराेले महाकाली राजमार्ग अवरूद्ध

पहिराेले महाकाली राजमार्ग अवरूद्ध

  • 355
    SHARES
  • पहिराेले महाकाली राजमार्ग अवरूद्ध

    काठमाडौं । लगातारको वर्षाका कारण पहिरो जाँदा महाकाली राजमार्ग अवरूद्ध भएको छ । आज बिहान खसेको पहिराले राजमार्गअन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक अवरूद्ध बनेको हो ।

    अवरूद्ध राजमार्ग खुलाउन जेसीबी पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । राजमार्ग अवरूद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प भएका छन् । सवारीसाधन नचलेपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

    त्यस्तै सोही राजमार्गको दोगडाकेदार-३ खिरेगाउँमा पनि सडक आंशिक रूपमा बन्द भएको छ ।

    जनजीवन प्रभावित

    लगातारको वर्षाका कारण बैतडीसहित सुदूरपश्चिमको जनजीवन  प्रभावित भएको छ । बुधबार रातिदेखिको लगातार परेको वर्षाले यहाँकाे जनजीवन प्रभावित भएको  हो ।

    वर्षाले दैनिक कामकाजका साथै यहाँका राजमार्ग तथा कच्ची सडकमा सञ्चालन हुने सवारी आवागमन प्रभावित हुँदा दसैँ मनाएर फर्किने यात्रुहरू समस्यामा परेका छन् ।

    त्यस्तै दैनिक कामकाज ठप्प भएको छ । दैनिक ज्याला मजदुरी गर्ने, यात्रुहरू तथा किसानलाई दैनिक कामकाज गर्न पनि कठिनाइ भएको छ ।

    वर्षाका कारण किसानले काटेको धानबाली र खरमा पनि क्षति पुगेको छ । पानीका कारण खेतमा काटेको धान र भित्र्याउन तयार भएको धानमा क्षति पुगेको दोगडाकेदार-३ श्रीकोटका दलजीत विष्टले बताए ।

    खरफागलामा काटेको खर पनि वर्षाका कारणले कुहिन थालेको स्थानीय भागरथी भट्टले बताइन् । केही ठाउँमा काटेको खर कुहिन थालेको र पछि कुनै ठाउँका किसानले  खर काट्न नपाउँदा  किसान चिन्तित भएका छन् ।

    त्यस्तै ग्रामीण सडक पानीले  हिलाम्य हुँदा आवागमन पनि रोकिएको छ भने राजमार्गमा पनि वर्षाले सवारी सञ्चालनमा समस्या भएको चालकहरूले बताएका छन् । पानीकै कारण ग्रामीण क्षेत्रको सञ्चार सेवा पनि अवरूद्ध भएको छ ।

    सोलार प्यानलबाट सञ्चालित कतिपय नेपाल टेलिकमका टावरमा घाम नलाग्दा सञ्चार सेवा रोकिएको हो । अझै दुई-तीन दिन पानी पर्ने  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले पनि सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भागहमा वर्षा भइरहेको  छ । अझै केही दिन वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको ।

    निरन्तर वर्षा भइरहेकाले बाढी र पहिराको सम्भावना हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij