वेबटिभी खबर
किभ । दक्षिणी युक्रेनको औद्योगिक शहर जापोरिजियामा ७ वटा रूसी क्षेप्यास्त्र प्रहार हुँदा एक बालकसहित १७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
स्थानीय समयअनुसार बिहीबार बिहान प्रहार गरिएका ती क्षेप्यास्त्रहरूमध्ये ३ वटा शहरका केन्द्रमा खसेका थिए ।
युक्रेनको राज्य आपतकालीन सेवाले टेलिग्राममा भनेको छ,‘क्षेप्यास्त्र हमलामा एक बालकसहित कुल १७ जनाको मृत्यु भएको छ ।’
यसअघि शनिबार मृतकको संख्या १४ जनाइएको थियो । क्षेप्यास्त्र हमलामा मुख्य शहरमा रहेको एउटा ५ तले भवन पूर्ण रुपमा जलेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij