Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कैलालीमा बाढीबाट ५ सय बढी विस्थापित

कैलालीमा बाढीबाट ५ सय बढी विस्थापित

  • 311
    SHARES
  • कैलालीमा बाढीबाट ५ सय बढी विस्थापित

    धनगढी । असोज २० गते देखि भइरहेको अविरल वर्षाका कारण कैलालीको भजनी नगरपालिकाका विभिन्न वडामा बाढी आएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीका अनुसार बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण भजनी २, ३, ७ र ८ मा रहेका बस्तीमा बाढी पसेको हो । बाढीका कारण हाल सम्म ५ सय बढी मानिस विस्थापित भएका उनले बताए ।

    जोशीका अनुसार भजनी–२ स्थित पल्टापुर, मोहनपुर र तीन घरुवा टोलका कम्तिमा १ सय २५ घरमा काँडा नदीको बाढी पसेको छ । बस्तीमा बाढी पसेपछि त्यहाँका नागरिक स्थानीय राष्ट्रिय माध्यमिक विद्यालय पल्टापुरमा बसेका छन् ।

    यसैगरी भजनी– ७ को शिविर टोलमा कान्द्रा नदीको बाढी पस्दा करिव ४० घर डुवानमा परेका छन् । तर त्यहाँका नागरिक भने हाल सम्म विस्थापित नभएका जोशीले बताए ।

    यसैगरी भजनी–८ स्थित खल्ला टोलमा पथरिया नदीको बाढी पस्दा कम्तिमा ८० घर डुबानमा परेका छन् । ती क्षेत्रका नागरिक  हुलाकी सडकमा त्रिपाल गाडेर बसिरहेका जोशीले बताए ।

    यसैगरी वडा नम्बर–३ मा आकाशे पानी जमेर कम्तिमा ८० घर डुबानमा परेका छन् । सो क्षेत्रमा नागरिक पनि अहिले हुलाकी सडक खण्डमा त्रिपाल टाँगेर बसिरहेका प्रवक्ता जोशीले बताए । सांकेतिक तस्बिर

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij