वेबटिभी खबर
काठमाडौं । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा ६० लाख रूपैयाँ रकम जुटिसकेको छ । महासंघ झापाका सदस्य र दाताले दिएको सहयोगबाट हालसम्म कोषमा सो रकम जम्मा भएको हो ।
जिल्लामा, पत्रकार, सर्वसाधारणदेखि व्यवसायीले समेत विवाह वर्षगाँठ र जन्मोत्सवमा कोषमा रकम सहयोग गर्दै आएका छन् । कोषको रकम १ करोड रूपैयाँ पुर्याउने लक्ष्यसाथ सहयोगी दाताले दिएको रकम संकलन गरिरहेको महासंघ शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
उपचार कोष वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले मेचीनगर नगरपालिका-६ का ८४ वर्षीय कृष्ण उप्रेतीले आफ्नो जन्मोत्सवमा २५ हजार सहयोग गरेका छन् ।
भानु साहित्यिक प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका उनले जन्मोत्सवका अवसरमा कार्यक्रममा नै आयोजना गरेर सो रकम अध्यक्ष गिरीलाई हस्तान्तरण गरेका हुन् ।
उनले यसअघि पनि जन्मोत्सवका अवसरमा स्थानीय क्लब, संघसंस्थालाई यसरी नगद रकम सहयोग गर्दै आएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij