Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

भलिबल संघलाई खेलकुद सामग्री सहयोग

भलिबल संघलाई खेलकुद सामग्री सहयोग

  • 462
    SHARES
  • भलिबल संघलाई खेलकुद सामग्री सहयोग

    काठमाडौं । घुम्टे युवा परिवार, मल्म र जापान शाखाले संयुक्त रूपमा नेपाल भलिबल संघ गलकोटलाई खेलकुद सामग्री प्रदान गरेका छन् ।

    संघको गलकोट नगर समितिअन्तर्गत ११ वटै वडाका समितिलाई दुई थान भलिबल, एक थान जाली र एउटा हावा भर्ने उपकरण प्रदान गरिएको हो ।

    घुयुपका अध्यक्ष थम्मन थापा, जापान शाखाका सचिव तुलवीर थापालगायतको उपस्थितिमा शनिबार ती सामग्री भलिबल संघका जिल्ला अध्यक्ष योगेश भण्डारी र संघका नगर अध्यक्ष हुम थापालाई उक्त सामाग्री हस्तान्तरण गरेका छन् ।

    खेलकुद सामग्री १ लाख ५० हजार रूपैयाँ बराबरका रहेको जनाइएको छ । राष्ट्रिय खेल भलिबलको प्रवर्द्धनसँगै ग्रामीण भेगका खेलाडीलाई प्रोत्साहन मिलोस् भनेर खेलकुद सामग्री सहयोग गरिएको घुयुप जापान शाखाका अध्यक्ष दिनेश थापाले बताए ।

    उनले जापानमासमेत भलिबलसहितका खेल गतिविधिमा शाखा क्रियाशील रहेको उल्लेख गरे । संघका जिल्ला अध्यक्ष भण्डारीले सुविधा र स्रोतसाधनको अभाव झेलिरहेका ग्रामिण तहका खेलाडीलाई लक्ष्य गरि घुयुपले खेलकुद सामग्री प्रदान गरेकामा खुसी व्यक्त गरे ।

    अध्यक्ष भण्डारीले खेलाडीको व्यावसायिक सुरक्षा र संरक्षणमा राज्यले यथोचित ध्यान पुर्याउन नसकेको गुनासो गरे । सामाजिक संस्थाका रुपमा स्थापित घुयुपको केन्द्रीय कार्यालय गलकोट नगरपालिका–७ मल्ममा रहेपनि यसका शाखा अरु जिल्ला र विदेशमासमेत क्रियाशील छन् ।

    खेलकुद प्रवर्द्धन र मानवीय सेवाका क्षेत्रमा केन्द्रित जापान शाखाले केही महिनाअघि जापानमै ‘सिल्भर रनिङ कप’ खुला पुरूष भलिबल प्रतियोगितासमेत आयोजना गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij