Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

दूधमा आत्मनिर्भर भयो मेलम्ची 

दूधमा आत्मनिर्भर भयो मेलम्ची 

  • 302
    SHARES
  • दूधमा आत्मनिर्भर भयो मेलम्ची 

    सिन्धुपाल्चोक । पछिल्लो समयमा युवाहरू व्यावसायिक कृषिमा जोडिइरहेका छन् । जिल्लामा पनि व्यावसायिक खेती गर्ने र पशुपालनमा जोडिने बढिरहेका छन् । यसका कारण मेलम्ची नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ ।

    विगतमा उत्पादित दूधलाइ स्थानीय बजारका चिया पसलहरूमा बिक्री गर्दै आएका किसान अब भने सहकारीमार्फत सञ्चालित केन्द्रमा दूध बिक्री गर्ने गरेका छन् ।

    दुग्ध उत्पादनका लागि व्यावसायिक पशुपालनमा अहिले युवाको आकर्षण बढिरहेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यावसायिक दुग्ध उत्पादनमा लागेका छन् ।

    अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै गाँउमा भैँसीपालनमा गर्दा आम्दानी हने दुवाचौरका साने थिङ बताउँछन् । उनी भन्छन्,‘परिवार पालेर महिनामा ७० हजारसम्म आम्दानी हुने गरेको छु ।’

    त्यस्तै मेलम्चीका अर्का किसान जीवन चालिसे दैनिक ८० लिटर दूध बिक्री गरी आम्दानी गरिरहेको र आफू सन्तुष्ट रहेको बताउँछन् । पछिल्लो समय पशु तथा कृषि क्षेत्रमा सरकारी अनुदान बढ्नुले पनि व्यक्तिगत रूपमा गाईवस्तु पाल्ने र दूध उत्पादन गर्ने किसानहरू बढ्दै गएका छन् । गाईभैँसीको व्यावसायिक पालनका लागि सरकारले प्रत्येक किसानका लागि अनुदान दिने गरेको छ ।

    सरकारको प्रोत्साहनपछि यो क्षेत्रमा पशुपालन गर्नेहरू बढेका छन्, किसानहरूले एउटै फार्ममा कम्तीमा १० देखि ८० वटा सम्म उन्नत नस्लका गाईभैँसी पालेका छन् ।

    डेढ वर्षदेखि व्यावसायिक रूपमा आम्दानी गरिरहेको र केहीलाई रोजगार पनि दिएको केउरानिका अर्का किसान बच्चुराम गिरिले बताए ।

    मेलम्ची नगरपालिका क्षेत्रबाट मात्रै दुग्ध चिस्यान केन्द्रमा मात्रै दैनिक सात हजार लिटरसम्म दूध संकलन हुने गरेको छ । संकलन भएको दूध काठमाडाैं निर्यात हुँदै आएको छ ।

    दूध बिक्रीबाट मात्रै यस क्षेत्रका किसानले वार्षिक ३० करोडसम्मको आम्दानी लिने गरेको दुग्ध व्यवसायी शरण चालिसे बताउँछन् ।  उनी भन्छन्,‘पशुपालन पेसा व्यावसायिक बन्दै गएको छ ।’

    मेलम्ची क्षेत्रमा व्यावसायिक रूपमा पशुपालन गर्ने बढिरहेका छन् । उत्पादित दूधको उचित मूल्य निर्धारण हुनुपर्ने तथा प्राविधिक तालिमको व्यवस्था गर्नुपर्नेमा किसानको जोड रहेको छ । 

  • सम्बन्धित विषय:

  • # दूध

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij