वेबटिभी खबर
चितवन । चितवनमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका-७ निवासी ४० वर्षीया महिलाको डेंगुका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा उनमा डेंगु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए ।
यसअघि असोज २ गते रत्ननगर नगरपालिका-१ का २७ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको थियो । जिल्लामा हालसम्म सात सय ४३ मा डेंगु संक्रमण पुष्टि भएको छ ।
उनीहरूमध्ये चार सय ५९ चितवनका रहेका छन् । बाहिरी जिल्लाका एक सय ७५ जना र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन् । चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरूमा डेंगु संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij