Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

डेंगु संक्रमणबाट एकैदिन चार जनाको मृत्यु

डेंगु संक्रमणबाट एकैदिन चार जनाको मृत्यु

  • 335
    SHARES
  • डेंगु संक्रमणबाट एकैदिन चार जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगु संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै गत साउन १ गतेदेखि नेपालमा २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा डेंगुका कारण थप ४ जनाको मृत्यु भएकाे छ । यससँगै डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

    हाल सबैभन्दा बढी डेंगुका बिरामी बाग्मती प्रदेशमा रहेका छन् । बाग्मती प्रदेशमा २१ हजार ५८९ जना डेंगुका बिरामी भेटिसकेका छन् ।

    गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८१५, मधेस प्रदेशमा ४०५, गण्डकी प्रदेशमा ६५३, लुम्बिनी प्रदेशमा ३ हजार ५०, कर्णाली प्रदेशमा २३६ र सुदूरपश्चिम प्रदेशमा ८२१ जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij