Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न दलहरूलाई आयोगकाे आग्रह 

घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न दलहरूलाई आयोगकाे आग्रह 

  • 294
    SHARES
  • घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न दलहरूलाई आयोगकाे आग्रह 

    काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आफ्ना घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ । 

    राजनीतिक दलहरू आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणापत्र बनाउन जुटिरहेका बेला आयोगले आज विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेको हो ।

    ‘आगामी मंसिर ४, २०७९ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र प्रतिबद्धतापत्रमा मानव अधिकारका विषय समावेश गर्न राष्ट्रिय मानव अधिकार आयोग निर्वाचनमा भाग लिने सबै दलहरूलाई आग्रह गर्दछ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।

    विगतमा राजनीतिक दलहरूले तयार गरेका घोषणापत्रलाई नजिकबाट नियालिरहेको आयोगले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij