Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

अध्यक्ष लिङ्देनले भने– राप्रपामा रवीन्द्रजीको अभाव खड्किरहेको थियो

अध्यक्ष लिङ्देनले भने– राप्रपामा रवीन्द्रजीको अभाव खड्किरहेको थियो

  • 393
    SHARES
  • अध्यक्ष लिङ्देनले भने– राप्रपामा रवीन्द्रजीको अभाव खड्किरहेको थियो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा रवीन्द्र मिश्रको अभाव खड्किरहेको बताएका छन् ।

    बुधबार राष्ट्रियसभा गृहमा आयोजित राप्रपा र मिश्र समूह नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर बीच एकता घोषणा कार्यक्रममा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । 

    उनले भने, ‘विगतका दिनमा राप्रपामा रवीन्द्रजीको अभाव खड्किरहेको थियो । यो एकता कोशेढुंगा सावित हुन्छ । अब थप गतिका साथ अगाडि बढ्नुपर्छ ।’

    उनले राप्रपाका लागि मात्र नभइ आम मानिसको खुसीका लागि मिश्र समूह र राप्रपाबीच एकता भएको दाबी गरे ।

    उनले पार्टीमा कुनै प्रकारको असहज महसुस गर्ने वातावरण हुन नदिने मिश्रलाई वचन दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij