Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

धानखेतमा माछापालन

धानखेतमा माछापालन

  • 409
    SHARES
  • धानखेतमा माछापालन

    चितवन । चितवनका एक युवा किसानले खेतमा धानसँगै माछापालन पनि सुरु गरेका छन् । भरतपुर महानगरपालिका-२५ फुलबारीका युवा रोमिनजंग थापाले धान खेती गरिएकै ठाउँमा माछापालन सुरु गरेका हुन् ।

    उनले माछा पाल्न पोखरी नै निर्माण गर्नुपर्छ भन्ने सोचलाई परिवर्तन गरिदिएका छन् । २३ वर्षीय थापाले गत वर्ष पनि परीक्षणकारूपमा धान खेतमा माछापालन गरेका थिए ।

    माछासँगै धानको पनि उत्पादन राम्रो हुने देखेपछि उनले यस वर्ष पनि आफ्नो खेतमा आठ सय वटा माछाको भुरा हालेका छन् । ‘साउनमा रामपुरबाट ल्याएर धान खेतमा माछा हालेको हुँ’, उनले भने, ‘गाउँमा अरूले पनि यसरी माछापालन गर्न थालेका छन् ।’

    सुरुमै २० किलो पिना र पाँच किलो ढुटो ल्याएको भन्दै उनले दैनिक आधा किलो पिना र एक पाउ ढुटो मिसाएर खेतमा हालिदिने गरेको बताए । खेतमा कमन कार्भ, रहु र ग्रास कार्भ जातको माछा हालेका छन् ।

    कात्तिकसम्म माछा खानका लागि तयार हुने उनको भनाइ छ । धान खेती गरिएको ठाउँमा माछापालन गर्दा माछाको उत्पादन राम्रो हुने र धान उत्पादन पनि बढ्ने उनले जानकारी दिए ।

    ‘सिजनलरूपमा धान खेतीको समयमा मात्रै माछा हाल्ने गरेको छु । खेतमा रासायनिक मल हालिँदैन । पिनालगायतका कारण खेतमा मलिलो हुने गरेको छ । धान पनि अर्गानिक उत्पादन हुन्छ’, उनले भने ।

    खेतमा धान रोपेको एक हप्तापछि थापाले २० देखि २५ ग्रामका भुरा माछा हालेका हुन् । उनले प्रतिगोटा दुई रूपैयाँमा आठ सय भुरा माछा किनेका थिए । भुरा माछा हालेको तीन महिनामा एउटा माछा डेढ पाउको हुने र प्रतिकेजी तीन हजार ५० रूपैयाँमा बिक्री हुने थापाले बताए ।

    नगरमा पानी सुक्ने भएका कारण तीन महिनामै बेच्नु परेको उनले सुनाए । ‘धान खेतीमा माछापालन गर्दा धानमा आएको लेउ झार तथा किरा माछाले आहारकारूपमा खान्छन् र धानमा लाग्ने विभिन्न रोगहरू पनि देखा पर्दैनन’, उनले भने ।

    एउटै ठाउँमा धान र माछाबाट आम्दानी भएपछि आफूलाई धेरै सन्तुष्ट मिलेको उनको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij