Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

नेप्सेमा १५ अंकको वृद्धि

नेप्सेमा १५ अंकको वृद्धि

  • 280
    SHARES
  • नेप्सेमा १५ अंकको वृद्धि

    काठमाडौं । शेयर बजार परिसूचक नेप्से मंगलबार १५ अंकले वृद्धि भएको छ । तर शेयर कारोबारमा भने संकुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको छ ।

    ६६ करोड ३० लाख रूपैयाँ बराबरको मात्र शेयर कारोबार भएको छ । मंगलबार कुल २१ लाख सात हजार ७४२ कित्ता शेयर कारोबार भएको छ । होटल तथा पर्यटन र म्युचुअल फन्डबाहेकका ११ वटा उपसूचक धनात्मक भएका छन् ।

    आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरूले १० प्रतिशतले गुमाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij