वेबटिभी खबर
एजेन्सी, मस्को । रुसमा विद्यालयमा भएको गोलीकान्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
मध्य रसियाको आफ्नो पुरानो विद्यालयमा सोमबार एक व्यक्तिले गोली चलाएको अधिकारीहरूले बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आंशिक परिचालनको विरोधमा देशभर प्रदर्शन भइरहेका बेला विद्यालयमा नरसंहार भएको हो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजेभस्क सहरमा भएको ‘अमानवीय आतंकवादी हमला’ भर्त्सना गरेका छन् । गोली हान्ने व्यक्ति नव फासीवादीसमूहसँग आबद्ध रहेको बताइएको छ ।
अन्वेषकहरूका अनुसार आक्रमणकारीले नाजीको प्रतीकसहितको कालो टप लगाएको थियो । सन् १९८८ मा जन्मिएका आक्रमणकारीले सोही विद्यालयबाट स्नातक गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij