Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

जडिबुटीको बजारीकरणमा जोड दिन सामुदायिक वन उपभोक्ता महासंघको आग्रह

जडिबुटीको बजारीकरणमा जोड दिन सामुदायिक वन उपभोक्ता महासंघको आग्रह

  • 712
    SHARES
  • जडिबुटीको बजारीकरणमा जोड दिन सामुदायिक वन उपभोक्ता महासंघको आग्रह

    काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले सामुदायिक वन उपभोक्ता समूहमा रहेका महत्वपूर्ण जडिबुटीहरु पहिचान, उपयोगीता र बजारीकरणमा जोड दिन सरकारसमक्ष आग्रह गरेको छ ।

    फेकोफनले कोरोनाको महामारीका कारण अर्थतन्त्र ह्रास हुँदै गएको अवस्थामा अर्थतन्त्र सुधार गर्न जडिबुटीको बजारीकरणमा जोड दिन वन तथा वातावरण मन्त्रालयलाई आग्रह गरेको हो ।

    कतिपय स्थानीय जडिबुटी पहिचान हुन नसक्दा राज्यका बहुमूल्य जडिबुटी खेर गइरहेको छ । फेकोफनकी अध्यक्ष भारती पाठकले कोभिडका कारण धेरैको रोजगारी गुमिरहेको अवस्थामा जडिबुटीको पहिचान र बजारीकरणमा सरकारले ध्यान दिन आवश्यक रहेको बताइन् ।

    ‘सामुदायिक वनमा धेरै किसिमका जडिबुटी छन्, कति त पहिचान भएर जडिबाटीबाट समुदायले राम्रो आम्दानी पनि गरेका छन् त कतिपय जडिबटी महत्वपूर्ण भए पनि पहिचान हुन सकेको छैन,’ उनले भनिन्, ‘जडिबाटीबाट आर्थिक समृद्धि र रोजगारी वृद्धि गर्न जडिबुटीको पहिचान र बजारीकरणमा जोड दिन आवश्यक छ ।’

    सरकारले आगामी आर्थिक वर्ष ०७८/०७९ का लागि सातै प्रदेशमा प्रधानमन्त्री जडिबुटी स्वरोजगार कार्यक्रमलाई मुख्य प्रथामिकता दिएर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    जडिबुटी खेती प्रवद्र्धनमा जोड दिँदै निर्यात बढाएर रोजगार वृद्धि तथा आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले सरकारले सातै प्रदेशमा प्रधानमन्त्री जडिबुटी स्वरोजगार कार्यक्रमलाई प्रथामिकता दिने लक्ष्य राखेको हो ।

    पछिल्लो समय स्वदेशी जडिबुटीको माग विश्व बजारमा बढ्दै गएको अवस्थामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालनको तयारी गर्नु स्वगातयोग्य भएको जडिबुटी व्यवसायीहरु बताउँछन् ।

    विदेशी बजारमा स्वदेशी जडिबुटीको माग बढिरहेको भए पनि उत्पादन कम हुँदा माग अनुसार निर्यात बढाउन नसकिएको जडिबुटी व्यवासायीहरुको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij