वेबटिभी खबर
कैलाली । सुदूरपश्चिम प्रदेशको मालाखेती अस्पतालको एरियाभित्र मोबाइल फोनको नेटवर्कले काम गर्दैन । अस्पताल परिसरभित्र नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा त्यहाँका कर्मचारी समस्यामा परेको छन् ।
अस्पतालभित्र मोबाइलमा नेटवर्क नआउँदा कर्मचारीको फोन नलाग्ने भएकाले फोन गर्नुपरेमा बाहिर जानुपर्ने बाध्याता छ । अस्पतालका कार्यालय प्रमुख डा.अम्रेश कोइरालाले भने अस्पतालको भवनभित्र छिर्ने बित्तिकै मोबाइल फोनमा टावर जाने गरेको बताए ।
अन्य कर्मचारीको गुनसो छ, ‘जरुरी कामले कसैले फोन गर्दा पनि सम्पर्क हुन सकेन भन्छ’, फोन गर्न पनि अस्पताल भवन बाहिर जानुपर्ने बाध्यता छ । अस्पतालमा मोबाइल फोनको नेटवर्क नआउँदा आफन्तलाई र घरपरिवारलाई बिरामीको अवस्थाबारे जानकारी दिन पनि समस्या रहेको स्थानीयवासी नरेश महराले बताए ।
नेपाल टेलिकम अत्तरिया शाखाका वरिष्ठ प्राविधिक अधिकृत सुरत मल्लले भने, ‘अस्पतालबाट पाँच सय मिटर टाढा नेटवर्क टावर भएकाले समस्या भएको हुन सक्छ । उनले भने , ‘कार्यालयभित्र के को समस्या हो पत्ता लगाई छिट्टै समस्या समाधान गरिने भएको छ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij