Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

गठबन्धनले गणतन्त्रमाथि हमाला गर्‍याे : शंकर पोखरेल

गठबन्धनले गणतन्त्रमाथि हमाला गर्‍याे : शंकर पोखरेल

  • 359
    SHARES
  • गठबन्धनले गणतन्त्रमाथि हमाला गर्‍याे : शंकर पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनबाट गणतन्त्रमाथि आक्रमण भएको आरोप लगाएका छन् ।

    काठमाडौंमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकतासम्बन्धी समस्या समाधानका लागि राष्ट्रपतिको सन्देशलाई उपेक्षा गरेर गठबन्धनले गणतन्त्रमाथि आक्रमण भएको आरोप लगाएका हुन् ।

    गणतन्त्रको प्रतिकको रूपमा रहेको राष्ट्रपतिको सन्देशलाई बेवास्ता र अपेक्षा गरेर सत्तारूढ गठबन्धनले गणतन्त्रमाथि आक्रमण गरेको उनको आरोप  छ । उनले आफ्ना चेलीबारे चिन्ता नलिएर बाहिरबाट आउने महिलाको चिन्ता लिएको आरोप लगाए ।

    उनले भने, ‘हाम्रा नेपाली चेलीहरु विवाह भएर भारत जाँदा नागरिकता प्राप्त गर्न जति समय लाग्छ, त्यति समयको प्रतिक्षा गर्न बाहिरबाट आउनेले तयार हुनुपर्छ। हाम्रो चेलीहरूको हकबारेमा बोल्न सक्नुपर्यो गठबन्धन । आफ्ना चेलीहरूको हकबारे बोल्न नसक्ने गठबन्धन बाहिरबाट आएकाहरूसँग उदार हुनुपर्छ भन्ने मान्यता राख्ने गर्छ ।’

    विवाहलगत्तै नागरिकता दिने चलन दक्षिण एसियाली देशमा नरहेको बताउँदै उनले भने, ‘म पाँच दलीय गठबन्धनलाई सोध्न चहान्छु, विवाहलगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ ?’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij