Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

डेंगु संक्रमितको संख्या साढे १७ हजार नाघ्यो

डेंगु संक्रमितको संख्या साढे १७ हजार नाघ्यो

  • 374
    SHARES
  • डेंगु संक्रमितको संख्या साढे १७ हजार नाघ्यो

    काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या साढे १७ हजार नाघेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि हालसम्म देशभर डेंगु संक्रमितको संख्या १७ हजार ५९४ पुगेको छ ।

    हालसम्म डेंगुका कारण २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशका ७७ मध्ये ७५ जिल्लामा डेंगुका संक्रमित भेटिएका छन् ।

    २०६१ सालमा पहिलो पटक नेपालमा डेंगुका बिरामी फेला परेका थिए । त्यसपछि नेपालमा प्रत्येक वर्ष डेंगु देखिएको छ ।

    मन्त्रालयका अनुसार सबैभन्दा बडी डेंगुका संक्रमित बाग्मती प्रदेशमा देखिएका छन् । बाग्मतीमा हालसम्म १२ हजार ९४७ जनामा डेंगु देखिएको छ ।

    त्यस्तै प्रदेश १ मा ५६०, मधेस प्रदेशमा २६१, गण्डकीमा ४०९, लुम्बिनीमा २ हजार ६४३, कर्णालीमा २०७ र सुदूरपश्चिम प्रदेशमा ५६७ जनामा डेंगु देखिएको मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij