Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु

बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु

  • 327
    SHARES
  • बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु

    काठमाडौं । बारबर्दिया नगरपालिका-८ दुधा बस्ने ३३ वर्षीय सनिराम थारूको करेन्ट लागेर मृत्यु भएको छ ।

    आफ्नै घरमा मन्दिर बनाउने क्रममा विद्युतको तारबाट करेन्ट लागेर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    यसैगरी बर्दियाको गुलरिया नगरपालिका-९ मथुरा बस्ने इस्तियाक धोबीकी छोरी ९ वर्षीया खुस्बु धोबीको करेन्ट लागेर मृत्यु भएको छ ।

    आफ्नै घरमा खेल्ने क्रममा करेन्ट लागेर अशक्त भएकी उनको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij