Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

संविधान दिवसका अवसरमा वृक्षरोपण

संविधान दिवसका अवसरमा वृक्षरोपण

  • 330
    SHARES
  • संविधान दिवसका अवसरमा वृक्षरोपण

    मोरङ । प्रदेश नं-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वर्तमान संविधानबाट स्थापित लोकतान्त्रिक गणतन्त्र र संघीय शासन प्रणालीका माध्यमबाट जनतालाई सुखी सम्पन्न बनाएको बताएका छन् ।

    मुख्यमन्त्री राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संविधान दिवसका उपलक्ष्यमा आयोजित बृहत् वृक्षरोपण कार्यक्रममा संविधानका माध्यमबाट मुलुकलाई समृद्धि, शान्ति, सुव्यवस्था र सामाजिक न्यायमा समानता प्रदान गर्न मार्ग प्रशस्त गरेको बताएका हुन् ।

    मुख्यमन्त्री राईले जननिर्वाचित शासन गर्ने मुलुकमा निर्वाचनको ठूलो महत्व हुन्छ भन्दै आगामी मंसिर ४ गते हुने चुनावलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

    सो अवसरमा आन्तरिक मामिलामन्त्री केदार कार्की, प्रदेश कार्यालयअन्तर्गतका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल स्काउट, विभिन्न विद्यालयका विद्यार्थीले  विराटनगर-धरान छ लेन सडकअन्तर्गतको रानीदेखि वरगाछीसम्म विभिन्न जातका बिरूवा रोपिएको थियो ।

    जिल्ला वन कार्यालय मोरङद्वारा उपलव्ध गराईका अलेण्डर, करवीर र प्लुमेरिया जातका दुई हजार दुई सय ५० बिरूवा रोपिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij