Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

म्याग्दी र मुस्ताङको राष्ट्रिय राजमार्गसँग सम्पर्कविच्छेद

म्याग्दी र मुस्ताङको राष्ट्रिय राजमार्गसँग सम्पर्कविच्छेद

  • 312
    SHARES
  • म्याग्दी र मुस्ताङको राष्ट्रिय राजमार्गसँग सम्पर्कविच्छेद

    म्याग्दी । चार दिनदेखिको निरन्तरको वर्षातका कारण पहिरो खसेर सडक अवरूद्ध हुँदा म्याग्दी र मुस्ताङ जिल्लाको राष्ट्रिय राजमार्गसँग सम्पर्कविच्छेद भएको छ ।

    म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा-बेनी र बाग्लुङ-बेनी सडक अवरूद्ध भएपछि जनजिवन प्रभावित भएको छ । पर्वतको जलजला गाउँपालिका-९ ज्यामिरेमा खसेको पहिरोले आज बिहानदेखि मालढुंगा-बेनी सडक अवरूद्ध बनेको छ ।

    बेनी नगरपालिका-२ हाँडेभिरमा शनिबार राति खसेको पहिरोका कारण बाग्लुङ-बेनी सडक अवरूद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    विस्तारका क्रममा रहेको मालढुंगा बेनी सडकका ठेकेदार कम्पनी ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालक अमृत दाहालले डोजर परिचालन गरेर पहिरो पन्छाउन थालिएको जानकारी दिए ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले हाँडेभिरको पहिरो पन्छाएर यातायात सञ्चालनगर्न बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालयसँग समन्वय गरिएको बताए ।

    उनका अनुसार रघुगंगा गाउँपालिका-२ बैसरीमा खसेको पहिरो पन्छाएपछि बेनी-जोमसोम सडक भने आज बिहानदेखि सञ्चालन आएको छ । सडक अवरूद्ध हुँदा म्याग्दी र मुस्ताङका सर्वसाधारणलाई बाग्लुङ, पर्वत, प्रदेश राजधानी पोखरामा आवतजावत गर्न समस्या भएको छ ।

    सडक अवरूद्ध हुँदा उपचारका लागि बिरामीलाई अस्पताल पुर्‍याउनसमेत कठिन भएको छ । मुस्ताङमा उत्पादन भएको स्याउ, आलुलगायत कृषिउपजको निकासीसमेत प्रभावित भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij