Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

खोटाङमा मतदाता घटे

खोटाङमा मतदाता घटे

  • 256
    SHARES
  • खोटाङमा मतदाता घटे

    खोटाङ । गत ३० वैसाखमा सम्पन्न स्थानीय तह निर्वाचनको तुलनामा खोटाङमा मतदाता संख्या घटेकाे छ। स्थानीय तह निर्वाचनमा एक लाख ४३ हजार सात सय ५२ मतदाता रहेको खोटाङमा आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख ४२ हजार सात सय ९२ मतदाता कायम भएका छन् । 

    आसन्न निर्वाचनमा पुरुष ७४ हजार नौ सय २७ र महिला ६७ हजार आठ सय ६५ मतदाताले मताधिकार प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  गत १ असारदेखि १९ साउनसम्म एक  हजार दुई सय ७५ नयाँ मतदाता थप हुँदा पनि मतदाता घटेका हुन् । 

    मृत्यु भएका, बसाई सरेका र डुप्लिकेसन भएका मतदाताको लगत कटाएका कारण मतदाता संख्या घटेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । करिब सात सय मतदाता बसाई सरेको, चार सयको हाराहारीमा मृत्यु भइसकेका र एक हजारको हाराहारीमा डुप्लिकेसन भएका कारण नाम हटाएको हो । 

    आसन्न स्थानीय तहको निर्वाचनका लागि खोटाङमा एक सय ३६ मतदान स्थल र एक सय ९४ मतदान केन्द्र तोकिएका छन् । 

  • सम्बन्धित विषय:

  • # मतदाता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij