Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

नुवाकोटमा दुई लाख ३९ हजार मतदाता

नुवाकोटमा दुई लाख ३९ हजार मतदाता

  • 299
    SHARES
  • नुवाकोटमा दुई लाख ३९ हजार मतदाता

    नुवाकोट । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा नुवाकोटका दुई लाख ३९ हजार सात सय २६ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा भएका पुरुष मतदाताको संख्या १ लाख २३ हजार ९ सय ४१ तथा महिलाको संख्या १ लाख १५ हजार ७ सय ८२ र अन्य तीन मतदाता रहेका छन् ।

    यस्तै जिल्लाभरिमा मतदानस्थल १ सय ३२ र मतदान केन्द्र दुई सय ८८ कायम गरिएको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । नुवाकोटमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुई तथा प्रदेशसभा निर्वाचन क्षेत्र चार रहेका छन् ।

    यस्तै निर्वाचन क्षेत्र नं १ मा एक लाख २० हजार सात सय ५२ र क्षेत्र नं २ मा एक लाख १८ हजार नौ सय ७४ मतदाता छन् । त्यसमध्ये निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा ५९ हजार चार सय ५९ र (ख) मा ६१ हजार दुई सय ९३ मतदाता छन् ।

    निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) मा ५९ हजार चार सय ५३ र (ख) मा ५९ हजार पाँच सय २१ मतदाता रहेको निर्वाचन आयोगले विवरणमा उल्लेख छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा दुई लाख ३७ हजार चार सय ३४ मतदाता कायम भएका थिए ।

    त्यसबीचमा सञ्चालन भएको मतदाता नामावली संकलन कार्यक्रममा सहभागी भई चार हजार पाँच सय ३७ जनाले फोटो खिचाएका थिए । गत भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अध्यावधिक कार्यक्रम सञ्चालन भएको थियो ।

    त्यस समयमा मृत्यु भएका मतदाताको नाम हटाउनका लागि मात्र निवेदन परेको जिल्ला निर्वाचन कार्यलयका सूचना अधिकारी रुद्रबहादुर सुसलिङले बताए । 

  • सम्बन्धित विषय:

  • # मतदाता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij