Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

पेस्तोल र गोलीसहित एकजना पक्राउ

पेस्तोल र गोलीसहित एकजना पक्राउ

  • 385
    SHARES
  • पेस्तोल र गोलीसहित एकजना पक्राउ

    काठमाडौं । रूपन्देहीको बुटवल उपमहानगरपालिका–९ इटाभट्टास्थित होटल नमोबुद्धबाट एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने तीन राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बाग्लुङ घर भई हाल बुटवल उपमहानगरपालिका–८ सुख्खानगर बस्ने ३३ वर्षीय  सन्तोस सलामी रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कोठा र उनको शरीर तलासी गर्दा उक्त पेस्तोल र गोलीसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij