Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कचनकवल गाउँपालिकामा क्यान्सरका बिरामी बढ्दै

कचनकवल गाउँपालिकामा क्यान्सरका बिरामी बढ्दै

  • 462
    SHARES
  • कचनकवल गाउँपालिकामा क्यान्सरका बिरामी बढ्दै

    काठमाडौं । झापाको कचनकवल गाउँपालिकामा क्यान्सर रोगीको संख्या दोब्बरले बढेको छ । पछिल्लो समय गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या बढेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिए ।

    विसं २०७८ साउन ११ गदेखि २०७९ भदौ ११ गतेसम्म २८ जना क्यान्सर रोगीले उपचार सहुलियतका लागि सिफारिस लिएको उहाँले जानकारी दिए । अघिल्लो वर्ष १२ क्यान्सर रोगीले उपचार सहुलियतका लागि सिफारिस लिएको उनले बताए ।

    उनले भने, ‘पहिला वर्षको ५/६ जनाले सिफारिस लिने गरेका थिए । पछिल्लो समय क्यान्सर रोगीको सङ्ख्या बढ्दै गएको छ ।’ अस्वस्थ्य खानपान र जीवनशैली नै क्यान्सरको मुख्य कारण भएको स्वास्थ्य शाखा प्रमुख यादवले बताए ।

    कचनकवल भारतसँग सीमा जोडिएको गाउँपालिका हो । यहाँका मानिस स-साना खाद्य सामग्रीसमेत लिन सीमावर्ती भारतीय बजार जाने गर्दछन् ।

    सीमामा क्वारेन्टाइन नहुँदा बिना परीक्षण खाद्य सामग्री भित्रिने गरेको छ । बिर्तामोडस्थित कृषथोक बजारमा भारतबाट आयात हुने सागसब्जीमा विषादीको मात्रा धेरै पाइएपछि आयातमा कडाई गरिएको थियो ।

    तर यहाँका सीमावर्ती बजारबाट सागसब्जीदेखि अन्य घरायसी उपभोग्य वस्तु बिनापरीक्षण सोझै भित्रिने गरेको छ । त्यस्तै गाउँपालिकाबाट ११ मिर्गौला रोगी र सात मुटुसम्बन्धी रोगीले उपचार सहुलित र डायलायसिसका लागि सिफारिस लिएका छन् ।

    क्यान्सर रोगीलाई उपचार सहुलितका लागि भरतपुर क्यान्सर अस्पताल, भक्तपुर, धरान, पूर्वाञ्चल क्यान्सर अस्पतला बिर्तामोडलगायतका अस्पतालमा सिफारिस दिने गरेको छ ।

    उक्त सिफारिसका आधारमा बिरामीले रु एक लाख बराबरको उपचारमा सहुलियत पाउने गरेका छन् ।

    गाउँपालिकाले समेत क्यान्सर रोगीलाई उपचारका लागि रु १० हजारदेखि रु २५ हजारसम्म आर्थिक सहयोग गर्ने गरेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।

    उनले भने, ‘ उपचारमा सहयोग मिलोस् भनेर यातायात खर्चका रूपमा केही रकम सहयोग गर्ने गरेका छौँ ।’ त्यस्तै गाउँपालिकाले सुत्केरी महिलालाई पोषण खर्चवापत घरमै पुगेर तीन हजार र मृत्यु संस्कारमा पाँच हजार गाउँपालिकावासीलाई दिने गरेको छ ।

    संघीय सरकारको लगानीमा गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणाधीन छ भने एकवटा प्राथमिक स्वास्थ्य केन्द्र, नौवटा स्वास्थ्यचौकी र दुई आधारभूत स्वास्थ्य केन्द्रबाट गाउँपालिकावासीले स्वास्थ्य सेवा लिँदै आएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij