वेबटिभी खबर
भोजपुर । भोजपुरमा पाँचदेखि ११ बर्षका बालबालिकालाई कोरोनाविरूद्वको फाइजर खोप लगाउने अभियान अहिले पनि जारी रहेको छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले यहाँका साढे १६ हजार बालबालिकालाई कोरोनाविरूद्व खोप दिएको जानकारी दिए ।
कोरोना रोकथामका लागि यहाँका १६ हजार ५ सय २४ बालबालिकाले खोप लगाएका छन् । पहिलो मात्र खोप लगाएकाहरूका लागि पुनः दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्न लागिएको बुढाथोकीले बताए ।
भदौ २७ गते दोस्रो चरणको अभियान सुरु भएको छ । खोपका लागि तोकिएको उमेर समूह विद्यालयमा बढी हुने भएकाले विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र कायम गरिएको हाे ।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा अहिलेसम्म एक लाख सात हजार सात सय ५४ जनाले कोरोनाविरूद्वको खोप लगाइसकेका छन् ।
खोपबाट बञ्चित नहुन भन्नका लागि जिल्ला अस्पतालमा समेत हप्तामा एक दिन खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij