Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

शीर्ष स्थानमा उक्लियो बार्सिलोना

शीर्ष स्थानमा उक्लियो बार्सिलोना

  • 483
    SHARES
  • शीर्ष स्थानमा उक्लियो बार्सिलोना

    काठमाडौं । घरेलु टोली क्याडिजलाई ४–० ले पराजित गर्दै शनिबार राति बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

    यस खेलसंगै बार्सिलोना जारी सिजनमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोना ५ खेलबाट १३ अंककासाथ शीर्षस्थानमा उक्लियो । यद्यपि, रियल मड्रिडले एक खेल कम खेलेको छ। रियलको १२ अंक छ । क्याडिज पुछारमा छ ।

    फरवार्ड रोबर्ट लेवान्डोस्कीले एक गोलसहित दुई असिस्ट दिए ।

    यस्तै, फ्रान्की डी जोङ, अन्सु फाती र औसमाने डेम्वेलेले समान एक एक गोल गरे । पहिलो हाफमा गोल निकाल्न नसकेको क्याटलान क्लब बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको थियो । खेल क्रममा एक दर्शकको स्वास्थमा समस्या देखिएपछि आधा घन्टा बढी खेल रोकिएको थियो ।

    अर्को खेलमा एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई ४-१ ले हरायो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij