Logo

२०८३, मंसिर ६ गते शनिवार

२०८३, मंसिर ६ गते शनिवार

नदीमा बगेर एक जनाको मृत्यु

नदीमा बगेर एक जनाको मृत्यु

  • 357
    SHARES
  • नदीमा बगेर एक जनाको मृत्यु

    काठमाडौं । कञ्चनपुरमा नदीले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा जोगबुडा नदीमा बगेर एक जनाको मृत्यु भएको हो ।

    शनिबार बिहान स्थानीय ५३ वर्षीय रंगलाल वादीको नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    जोगबुडा नदीमा बाढीसँगै बगेर आएका काठ दाउरा संकलन गर्ने क्रममा वादी बगेका थिए ।

    उनको शव बगेको ठाउँबाट एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij