Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सिकलसेलका बिरामीका लागि छुट्टै अस्पताल 

सिकलसेलका बिरामीका लागि छुट्टै अस्पताल 

  • 352
    SHARES
  • सिकलसेलका बिरामीका लागि छुट्टै अस्पताल 

    बाँके । बाँकेको जानकी गाउँपालिका-३ मा सिकलसेलका बिरामीलाई लक्षित गरी सामुदायिक अस्पताल निर्माण हुने भएको छ ।

    पश्चिम तराईका थारु जातिमा देखिएको सिकलसेल रोगका बिरामीलाई सेवा दिन बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ र सुर्खेतका थारु स्वास्थ्यकर्मीको अगुवाइमा सिकलसेल अस्पतालको निर्माण कार्य सुरु भएको हो ।

    सिकलसेलका बिरामीलाई लक्षित गरी जानकी गाउँपालिका-३, नहरपूर्वामा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउन लागिएको थारु स्वास्थ्यकर्मी समाजका अध्यक्ष जीवराज चौधरीले जानकारी दिए ।

    उनका अनुसार सात बिघा जमिनमध्ये १० कट्ठामा अस्पताल र अन्यमा सिभिल होमलगायत पार्किङस्थल, खेल मैदान र बगैँचा निर्माण गरिने छ । बाँकेको राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा सिकलसेलको परीक्षण र उपचार भइरहेको छ ।

    रगत जाँच गरिएकामध्ये १० देखि १५ प्रतिशतमा सिकलेसलका बिरामी फेला परेका छन् । ६ जिल्लाका १० लाख थारु समुदायमध्ये १ लाख सिकलसेलका बिरामी रहेका छन् । त्यसमध्ये बाँकेमा एक हजारले उपचार गराइरहेको थारु स्वास्थ्यकर्मी समाजका अध्यक्ष चौधरीले बताए ।

    अहिले यस क्षेत्रमा सिकलसेलका बिरामी दैनिक बढिरहेका छन् । उनीहरूले उचित उपचार पाउन नसकेकाले थारु समुदायका गरिब बिरामीलाई समेत सहजरूपमा उपचार सेवा दिन अस्पताल निर्माण सुरु गरिएको उनको भनाइ छ ।

    अस्पतालको बिहीबार सहरी विकासमन्त्री मेटमणि चौधरीले शिलन्यास गर्दै अस्पताल निर्माणका लागि सहरी विकास मन्त्रालयले बजेटको व्यवस्था गर्ने बताएका छन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij