Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

डायलाइसिस सेवा बन्द भएपछि मर्कामा बिरामी

डायलाइसिस सेवा बन्द भएपछि मर्कामा बिरामी

  • 330
    SHARES
  • डायलाइसिस सेवा बन्द भएपछि मर्कामा बिरामी

    काठमाडौं । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् ।

    सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै मेडिकल कलेजले उक्त सेवा बन्द गरेपछि बिरामीहरू मर्कामा परेका हुन् ।

    नेपालगञ्ज मेडिकल कलेजबाट दैनिक १८ देखि २० जनासम्म बिरामीले डायलाइसिस सेवा लिँदै आएका थिए ।

    नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवाको जिम्मा पाएको वीरङ्ग हेल्थ केयर प्रालीले गत शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको हो ।

    वीरङ्ग हेल्थ केयरका व्यवस्थापक शिशिर शाहले एक वर्षदेखि भुक्तानी नपाएकाले बाध्य भएर शुक्रबारदेखि सेवा बन्द गर्नुपरेको बताए ।

    सरकारसँग गत आर्थिक वर्षदेखि चालू आर्थिक वर्षको भदौसम्मको गरि करिब दुई करोड रूपैयाँ लिन बाँकी रहेको उनको भनाइ छ ।

    शाहका अनुसार बिरामीले अस्पतालमा जतिपटक डायलाइसिस गराए पनि एक पटकको २ हजार ५०० रूपैयाँका दरले निःशुल्क सेवा पाउँछन् ।

    यो सेवा दिएबापत सरकारले सम्बन्धित अस्पताललाई रकम उपलब्ध गराउँछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij