Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कानुन नमान्ने मन्त्री श्रेष्ठमाथि अनुसन्धान गरियोस् : रवि लामिछाने

कानुन नमान्ने मन्त्री श्रेष्ठमाथि अनुसन्धान गरियोस् : रवि लामिछाने

  • 354
    SHARES
  • कानुन नमान्ने मन्त्री श्रेष्ठमाथि अनुसन्धान गरियोस् : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका छन् ।

    सोमबार प्रहरी हिरासतमा रहेका शेरजंग गुरूङलाई भेटेपछि लामिछानेले उनलाई स-सम्मान रिहा गर्न माग गर्दै नियम मिचेर लाइन नबस्ने मन्त्री श्रेष्ठलाई कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग गरेका हुन् ।

    गुरूङले आफू निर्दोष रहेको भन्दै मन्त्रीलाई कुनै दुर्व्यवहार नगरेको लामिछानेले बताएका छन् ।

    उनले भने, ‘प्रहरी हिरासतमा रहेका गुरूङसँग भेटेर उनलाई धन्यवाद दिएर आएको छु । कानुन सबैलाई बराबर हुन्छ । शेरजंगजी भन्नु हुन्छ-गुरूङको छोरो आवाज अलि ठूलो भयो होला । तर मैले कुनै दुर्व्यवहार गरेको छैन ।’

    आइतबार क्यानडाको भिसा प्रोसेसका लागि छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठ र उनका सुरक्षाकर्मीलाई सेक्युरिटी गार्ड गुरूङले लाइनमा बस्न भन्दै रोकेका थिए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij