वेबटिभी खबर
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले शहर बजारमा प्रदेश सरकारको आलोचना भए पनि प्रदेशका कुना कन्दाराका नागरिकको भरोसा बनेको दाबी गरेका छन् ।
उनले भने, ‘ती सामाजिक सञ्जाल चलाउने मानिस सहरमा बसेका हुन्छन् । सरका केही मानिसले सरकारको आलोचना गरे पनि ग्रामीण भेगका नागरिकले हामीलाई माया गरेका छन् । प्रदेश सरकार प्रदेशका विकट क्षेत्रमा देखिएको छ ।’
५ वर्षसम्म सरकार भएको अनुभूति नै भएन, यो प्रदेश संरचना नै खारेज गर्नुपर्छ भन्दै नागरिकबाट आवाज आउन थालेका छन् । उनले प्रदेश सरकारले ५ वर्षमा सडक, शिक्षा, स्वास्थ्यमा राम्रो प्रगति गरेको बताए ।
उनले भने, ‘हिजोको भन्दा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्रदेश सरकारले राम्रो काम गरेको छ । कानुन निर्माणको काममा पनि हामीले धेरै प्रगति गरेका छौं । अब आउने सरकारलाई काम गर्न धेरै सहज हुने छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij