Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बेंसीशहर-चामे सडक पहिरोले क्षतिग्रस्त

बेंसीशहर-चामे सडक पहिरोले क्षतिग्रस्त

  • 367
    SHARES
  • बेंसीशहर-चामे सडक पहिरोले क्षतिग्रस्त

    काठमाडौं । मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र बेंसीशहर-चामे सडक बाढीपहिरोले क्षतिग्रस्त भएको छ ।

    लगातार भइरहेको वर्षाले बेंसीशहर-चामे सडकअन्तर्गत बेंसीशहर नगरपालिका-६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडकमा पहिरो गएको छ ।

    सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठ महिनादेखि सडक अवरूद्ध छ ।

    लमजुङ सदरमुकाम बेंसीशहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र यो सडक अवरूद्ध हुँदा सिंगो मर्स्याङ्दी गाउँपालिका र मनाङवासी समस्यामा परेका बेंसीशहर चामे सडक सरोकार समितिका संयोजक सूर्यप्रकाश कतिलाले बताए ।

    डुम्रे बेंसीशहर चामे सडक परियोजनाका प्रमुख अच्युतविलास पन्तले अवरूद्ध सडक खुलाउन पटकपटक प्रयास गरिएपनि सफल हुन नसकेको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij