Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

डेंगुका बिरामी बढ्दै

डेंगुका बिरामी बढ्दै

  • 343
    SHARES
  • डेंगुका बिरामी बढ्दै

    धादिङ । धादिङमा डेंगुका बिरामीको संख्या बढ्न थालेको छ । मंगलबार एकै दिनमात्र जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीमा परीक्षणबाट डेंगु  पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मधुकर दाहालले बताए ।

    अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढीरहेको समयमा डेंगुका बिरामी पनि बढ्न थालेको हो । साउन र भदौसम्मको अवधिमा अस्पताल आएकामध्ये एक सय १४ जनामा डेंगु पुष्टि भएको छ ।

    पछिल्लो दिन पुष्टि भएकाबाहेकको उपचार भइसकेको छ भने ११ जनाको उपचार भइरहेको छ । डेंगु संक्रमित एक जनाको जिल्ला अस्पतालमै मृत्युसमेत भइसकेको छ । ज्वालामुखी गाउँपालिका-२ का ५६ वर्षिय रामचन्द्र श्रेष्ठको डेंगु संक्रमणपछि मृत्यु भएको थियो।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij