Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

वीरगन्जमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै

वीरगन्जमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै

  • 437
    SHARES
  • वीरगन्जमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै

    वीरगञ्ज । पर्साको वीरगञ्जमा डेंगु र स्क्रब टाइफसका बिरामीको संख्या ह्वात्तै बढेको छ । वीरगञ्जको नारायणी अस्पताल तथा निजी क्लीनिकमा दिनहुँ डेंगु र स्क्रब टाइफसका बिरामी उपचारका लागि आउन थालेका हुन् ।

    नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा.उदयनारायण सिंहका अनुसार सातायता दैनिक जसो बिरामी फेला पर्न थालेका छन् । खासगरी वीरगञ्ज बाहिरबाट आएका नागरिकमा बढीजसो डेंगु र स्क्रब टाइफसको लक्षण देखिएको उनले बताए ।

    बिरामीको संख्या बढ्न थालेपछि चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । हाल दैनिकरूपमा १५ देखि २० जनामा डेंगु र स्क्रब टाइफसका बिरामी अस्पताल भर्ना हुन थालेको चिकित्सकले बताएका छन् ।

    बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला रातो डाबर आउने जस्ता लक्ष्यण देखिने गरेको डा.सिहले बताए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij