वेबटिभी खबर
एजेन्सी । वर्षापछि आएको बाढीले पाकिस्तानमा करिब ३८० जना बालबालिकाकाे मृत्यु भएकाे छ । बाढीका कारण अहिलेसम्म ११०० जनाको मृत्यु भएकाे विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।
बाढीका कारणा पाकिस्तानकाे करिब एक तिहाइ भाग डुबानमा परेको जनाइएकाे छ । पाकिस्तानको बाढीलाई ‘अप्रत्यासित जलवायु विपत्ति’ भन्दै राष्ट्रसंघले सहयोगका लागि आह्वानसमेत गरेको छ ।
भारी मनसुनपछिको विनाशकारी बाढीले घर, व्यवसाय, पूर्वाधार र बालीहरू नष्ट गर्नुको साथै करिब ३ करोड ३० लाख मानिसहरू प्रभावित बनेका छन् । वर्षाले देशको एकतिहाई भूभाग जलमग्न भएको पाकिस्तानका जलवायुमन्त्री सेरी रिहमान बताएकी छिन् ।
एक दशकयताको बाढीले १० अर्ब डलरभन्दा बढी क्षति पुर्याएको पाकिस्तानी सरकारले प्रारम्भिक अनुमान गरेको छ । तर यो क्षति सरकारले अनुमान गरेभन्दा बढी हुन सक्ने प्रधानमन्त्री सहबाज सरिफले बताएका छन् ।
मानव निर्मित जलवायु परिवर्तनको असरसँग जुध्न पाकिस्तानलाई सहयोग गर्ने विश्वको दायित्व भएको पाकिस्तानी सरकारको भनाइ छ । बाढीले बिचल्लीमा परेका पर्यटकसहित ३०० जनालाई हेलिकोप्टबारमार्फत उद्धार गरिएको छ ।
सेनाको हेलिकोप्टरले ढुवानमा परेकालाई उद्दार गरेर सुरक्षित स्थानमा राख्ने काम गरिरहेकाे त्यहाँका मिडियाहरू उल्लेख गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij