Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

श्रीलंकामा खर्च कटौती गर्ने तयारी

श्रीलंकामा खर्च कटौती गर्ने तयारी

  • 364
    SHARES
  • श्रीलंकामा खर्च कटौती गर्ने तयारी

    कोलम्बो । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले अन्तरिम बजेट प्रस्तुत गर्दा खर्च घटाउने तयारी गरेका छन् । पर्यटनमा निर्भर श्रीलंकाले सन् १९४८ को स्वतन्त्रपछि अहिलेसम्मकै ठूलो आर्थिक संकट सामना गरिरहेको छ । श्रीलंकामा विदेशी मुद्रा सञ्चिति सकिँदा अत्यावश्यक वस्तुको अभाव हुनुका साथै आधारभूत सामाग्रीको मूल्य आकाशिएको छ । 

    जुलाईमा विद्रोहका कारण गोटाबाय राजापाक्षेले राजीनामा दिएपछि  राष्ट्रपति बनेका विक्रमासिंघेले सार्वजनिक खर्च कटौती गर्ने बताएका छन्।  रक्षालगायत कल्याणका लागि कोष पठाउन र ऋणको ब्याज तिर्न खर्चमा ‘केही सय अर्ब’ रुपैयाँ कटौती गरिने उनले बताए । 

    श्रीलंकाले नोभेम्बरमा प्रस्तुत गरेको अन्तिम बजेटमा १० दशमलब ९९ अर्ब डलर  खर्च गर्ने लक्ष्य राखेको थियो । 

  • सम्बन्धित विषय:

  • # श्रीलंका

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij