Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

अमेरिकामा जथाभावी गोली चलाउँदा तीन जनाको मृत्यु

अमेरिकामा जथाभावी गोली चलाउँदा तीन जनाको मृत्यु

  • 392
    SHARES
  • अमेरिकामा जथाभावी गोली चलाउँदा तीन जनाको मृत्यु

    एजेन्सी, न्युयोर्क । अमेरिकी सहर डेट्रोइटमा तीनजनालाई गोली हान्ने एक संदिग्ध व्यक्तिलाई प्रहरीले खोजी सुरु गरेको छ ।

    सहरका विभिन्न स्थानमा भएका गोली आक्रमणका तीन पीडितमध्ये दुई महिला र एक पुरुष छन् । 

    उनीहरूको शरीरका विभिन्न स्थानमा गोली लागेको उक्त सहरका प्रहरी प्रमुख जेम्स ह्वाइटले बताए । आक्रमणकारी कारभित्र पसेर भागेको पीडितमध्येका एक व्यक्तिले बताए । आक्रमणकारीले उनलाई पनि गोली हानेका थिए । 

    गोली लागेर तीन जनाको मृत्यु भएको छ । संदिग्धको तस्बिर सार्वजनिक गरेर उनलाई चिन्नेले जानकारी दिन प्रहरीले सबैलाई अनुरोध गरेको छ । ‘ती व्यक्तिले जथाभावी गोली हानेका थिए’, ह्वाइटले भने । 

    ‘एक जना बस पर्खिरहेका थिए, अर्का कुकुरलाई डुलाउँदै थिए र तेस्रा व्यक्ति बाटोमा हिँडिरहेका थिए’, पीडितबारे प्रहरी प्रमुख ह्वाइटले भने । 
     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij