Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

चिडियाखानामा सिंहको आक्रमणमा परेका एक व्यक्तिको मृत्यु

चिडियाखानामा सिंहको आक्रमणमा परेका एक व्यक्तिको मृत्यु

  • 354
    SHARES
  • चिडियाखानामा सिंहको आक्रमणमा परेका एक व्यक्तिको मृत्यु

    एजेन्सी, आक्रा । घानाको चिडियाखानाको एउटा सिंहले तारबार नजिक पुगेका एक व्यक्तिलाई मारेको चिडियाखानका अधिकारीहरूले बताएका छन् ।

    राजधानी आक्रामा रहेको चिडियाखानाको सुरक्षाबार बाहिर हाम फालेर सिंहले आक्रमण गरेको घानाको वन्यजन्तुको प्रभारी राज्य निकाय वन आयोगले जनाएको छ । 

    ‘घेराको भित्री बारमा रहेको एउटा सिंहले आक्रमण गरी घाइते बनाएको थियो’ विज्ञप्तिमा भनिएको । सिंहको आक्रमणमा गम्भीर घाइते उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

    ती व्यक्ति चिडिखानको प्रतिबन्धित क्षेत्रमा कसरी पुगे भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । एक प्रहरी प्रवक्ताले भने, ‘हामीले ती व्यक्ति कसरी प्रतिबन्धित क्षेत्रमा प्रवेश गरे भन्ने कुरा पत्ता लगाउन अनुसन्धान गरिरहेका छौं । ’
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij