वेबटिभी खबर
एजेन्सी । भारतीय प्रहरीले पैगम्बर मुहम्मदको बारेमा विवादास्पद टिप्पणी गरेको आरोपमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का एक सांसदलाई पक्राउ गरेको छ ।
ठाकुर राजा सिंहको टिप्पणीले ठूलो आक्रोश बढ्नुका साथै मुस्लिम समुदायबाट विरोध प्रदर्शन भएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
दक्षिणी राज्य तेलंगानाको विधानसभामा दुई पटक विधायक बनेका सिंह प्रायः मुस्लिमविरोधी भाषणका कारण सञ्चार माध्यमको शीषर्क बन्ने गरेका छन् ।
घृणीत भाषण गरेको अभियोगमा दुई वर्षअघि फेसबुकले उनलाई प्रतिबन्ध लगाएको थियो । सिंहको विचार आफ्नै भएको र पार्टीको आधिकारिक धारणा विपरीत भएको जनाइएको छ ।
प्रहरीको प्राविधिक गल्तीका कारण अदालतले धरौटीमा रिहा गर्नुअघि सिंहलाई मंगलबारबार बिहान पक्राउ गरि केही समयपछि छोडिएको थियो ।
प्रहरीले प्रदर्शनकारीलाई शान्त हुन अपील गर्दै उनीहरूलाई पुनः पक्राउ गर्न लागेको बतायो । तर प्रदर्शन जारी रहयो ।
बुधबार अबेर राति ठूलो संख्यामा मुस्लिमहरू शहरका विभिन्न भागमा भेला भएर नाराबाजी गर्दै ढुंगा हानेर सिंहको पुत्ला जलाएको विभिन्न भारतीय मिडियामा उल्लेख छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij