Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

चुनावपछि मुलुक नयाँ दिशामा जान्छ : मन्त्री चौधरी

चुनावपछि मुलुक नयाँ दिशामा जान्छ : मन्त्री चौधरी

  • 405
    SHARES
  • चुनावपछि मुलुक नयाँ दिशामा जान्छ : मन्त्री चौधरी

    काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने निर्वाचनपछि मुलुक नयाँ दिशातर्फ अघि बढ्ने बताएका छन् ।

    बुटवलस्थित रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले मुलुकमा संविधानको कार्यान्वयनका लागि गठबन्धन दलहरूलाई  विजयी गराउनुपर्ने आवश्यकता औल्याएका छन् ।

    मन्त्री चौधरीले संंविधानविरोधी तत्वहरूबाट देश बचाउन सबै पार्टी एकजुट हुनुपरेको उल्लेख गरे ।

    नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्यसमेत रहेका उनले मुलुक समृद्धिको बाटोमा अघि बढिरहेका बेला फेरि गोलचक्करमा पार्ने काम भएको भन्दै त्यसलाई चिर्न गठबन्धन आवश्यक रहेको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij