Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

जेफ बेजोसले यात्रुसहित अन्तरिक्ष यान प्रक्षेपण गर्ने 

जेफ बेजोसले यात्रुसहित अन्तरिक्ष यान प्रक्षेपण गर्ने 

  • 738
    SHARES
  • जेफ बेजोसले यात्रुसहित अन्तरिक्ष यान प्रक्षेपण गर्ने 

    काठमाडौं । अमेजन प्रमुख जेफ बेजोसको कम्पनी ब्लू ओरिजिनले जुलाई २० देखि यात्रुसहित न्यू सेफर्ड नामक रकेट अन्तरिक्षमा प्रक्षेपण गर्ने गरी तयारी गरिरहेको छ । यससँगै कम्पनीले अन्तरिक्षमा जाने यात्रुका लागि छ सिट लिलामी सुरु गरेको छ ।

    अन्तरिक्ष जाने यात्रु कम्पनीकै हुने भए पनि सिटहरुको अनलाईन लिलामी प्रक्रिया पाँच सातासम्म चल्नेछ । अन्तरिक्ष सिट लिलामीबाट प्राप्त पैसा ब्लू ओरिजिन फाउन्डेसनको खातामा जानेछ । 

    उक्त यान अन्तरिक्ष टेक्ससबाट उडेर १० मिनेट लामो यात्रामा पृथ्वीबाट सीधा १०० किलोमिटर माथि अन्तरिक्षको प्रारम्भिक बिन्दुसम्म पुगेर फर्किनेछ ।

    उचाइमा उड्दा हलुका महसुस हुने र पृथ्वीका दृश्यहरू अन्तरिक्षबाट देख्न सकिने गरी यस यानको डिजाइन गरिएको छ । यानमा पृथ्वीको अवलोकन गर्न मिल्ने छ वटा झ्याल बनाइएको छ, जुन बोइगं ७४७ विमानभन्दा तीन गुणा ठूलो हुनेछ । 

    ब्लू ओरिजिनले अन्तरिक्षमा जाने यात्रीले कति मूल्य तिर्नुपर्नेछ भनेर उल्लेख नगरे पनि रोयटर्सका अनुसार सामान्यतया दुई लाख डलर लाग्नेछ । अहिलेसम्म अन्तरिक्षको प्रारम्भिक कक्षसम्ममा पाँच सय ६९ जना पुगेको बताइएको छ । कम्पनीको यस अभियानले अन्तरिक्ष पर्यटनलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

    मिसन चन्द्रमाका लागि विश्वका दुई धनाढ्यहरुको युद्ध  मिसन चन्द्रमाका लागि विश्वका दुई धनाढ्यहरुको युद्ध 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij