वेबटिभी खबर
कपिलवस्तु । कपिलवस्तुमा आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि ८ हजार ९ सय ३७ मतदाता थपिएका छन् । प्रारम्भिक विवरणअनुसार जिल्लामा कूल ३ लाख ८२ हजार ३७ मतदाता छन् ।
जसमा पुरुष २ लाख ४ हजार ३४ र महिला १ लाख ७७ हजार ९ सय ३१ रहेका छन् । यस्तै, अन्य दुई जना छन् । गत स्थानीय निर्वाचनमा जिल्लामा कूल दुई लाख ७३ हजार एक सय मतदाता थिए ।
आउने मंसिर ३ गतेभित्र १८ वर्ष पूरा भई मतदातामा संलग्न हुने मतदाताको संख्या भने बाँकी रहेको छ । जिल्ला निर्वाचन कार्यालयद्वारा आयोजित मतदाता नामावली अद्यावधिक-दाबी विरोध २०७९ सम्बन्धी सरोकारवालासँग गरिएको अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको हो ।
प्रारम्भिक विवरणअनुसार जिल्लाको मतदाता संख्या ३ लाख ८२ हजार ३७ रहेको र अन्तिम विवरण मंगलबार साँझसम्म आउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यही भदौ १३ देखि १९ भदौसम्म मतदाताको त्रुटि सच्याउने, दोहोरोपन र मृत्यु भएकाको नामावली हटाउनेलगायतका काम हुने भएकाले सम्बन्धित दर्ता अधिकारीकोमा समयमै निवेदन दिन आग्रह गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij