Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

चितवनमा मिटरब्याज पीडितका १६ उजुरी

चितवनमा मिटरब्याज पीडितका १६ उजुरी

  • 634
    SHARES
  • चितवनमा मिटरब्याज पीडितका १६ उजुरी

    काठमाडौं । गृह मन्त्रालयले मिटरब्याजबाट पीडितको उजुरी संकलनका लागि स्थानीय प्रशासनलाई दिएको समयभित्र १६ वटा उजुरी परेको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनमा ती उजुरी दर्ता भएका हुन् । कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार साउन २९ गतेदेखि भदौ ५ गतेसम्म ती उजुरी परेका हुन् ।

    उजुरीको बारेमा जाँचबुझ भइरहेको उनले जानकारी दिए ।

    मिटरब्याजीले निरक्षर, गरिब तथा आर्थिकरूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिमाथि गरेको शोषणको शृङ्खलाले सयौँ परिवार विचल्ली भएको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन गरेको थियो । 

    सोही निर्देशनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । तामाङका अनुसार प्रशासनमा परेका निवेदनका आधारमा सरोकारवाला दुवै पक्षलाई बोलाएर छलफल गरिने छ ।

    छलफलमा सहमति नभए कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने बताए । कारबाहीका लागि प्रहरीकोमा पठाएसँगै गृह मन्त्रालयमा समेत सिफारिस गरिने उनले जानकारी दिए ।

    उनले भने, ‘बैंकिङ कसुर र मुलुकी अपराध संहिताअनुसार मुद्दा चल्छ ।’ चलनचल्तीको भन्दाबढी बयाज लिन नपाइने उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij