वेबटिभी खबर
काठमाडौं । मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् ।
यस क्रममा उनीहरूले आज बिहानदेखि कामपाका मुख्य सडक तथा चोकमा छरपष्ट भएका फोहरलाई प्लास्टिकको थैलोमा राख्ने र कामपाकै गाडीमा राखेर पठाउने कामको अभियान सुरुआत गरेका हुन् ।
सो अभियानमा नेरेसो काठमाडौं जिल्ला शाखामा आबद्ध ५० स्वयंसेवक खटिएका छन् । उनीहरूले दैनिक बिहान दुई घण्टा फोहर व्यवस्थापन गर्ने जनाइएको छ । शाखाका नवनिर्वाचित सभापति श्यामकाजी डोटेलले सफाइ कार्यक्रम १० दिनसम्म जारी रहने जानकारी दिए ।
उनले भने, ‘सफाइ कार्यक्रमको पहिलो दिन आज बिहान बागबजार,कमलादी र पुतलीसडक क्षेत्रमा फोहर व्यवस्था गर्ने काम भयो । यस अभियानले स्वच्छ काठमाडौं बनाउन सहयोग मिल्छ । सडकका मुख्य चोक तथा गल्लीमा थुप्रिएका फोहर समयमै व्यवस्थापन गर्न जरुरी हुन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij