वेबटिभी खबर
काठमाडौं । काठमाडौं र चितवनबाट जुवातास खेलिरहेका २८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २६ वर्षीय निमा शेर्पाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६० हजार १५० रूपैयाँसहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंको नागार्जुन नगरपालिका-२ सानोभर्याङबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
धनकुटा घर भएकी ५१ वर्षीया शुशीला लिम्बुको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख १५ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका-२२ कुमिया घोल बस्ने ४५ वर्षीय बिष्णुराज महतोको घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको प्रहरी टाेलीले उनीहरूलाई नगद ४२ हजार ५ सय रूपैयाँ र १५ बुक ताससहित पक्राउ गरेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij