Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा

नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा

  • 300
    SHARES
  • नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा

    बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले आफ्नो क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गरेको छ ।

    गाउँपालिकाको बैठकले पर्याप्त सिँचाइ व्यवस्था नभएको र पानी नपरेकाले धान रोपाइँ हुन नसक्दा बाध्य भएर सुक्खा क्षेत्र घोषणा गर्नुपरेको अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।

    उनले सो क्षेत्रमा डिप बोरिङको वैकल्पिक उपाय अपनाउन प्रदेश र सघीय सरकारलाई आग्रह गरेको उल्लेख गर्दै राहतको प्याकेजसमेत ल्याउन माग गरे । अध्यक्ष शाहले भने, ‘भगवान् पनि निष्ठुर हुनुभयो, नेपालगञ्जमा पानी पर्छ तर नरैनापुरमा पानी पर्दैन ।’

    उनले केही ठाँउमा लगाएको धानबाली नष्ट भइसकेको उल्लेख गर्दै उक्त क्षेत्रमा पानी नपरेपछि खेतीयोग्य जमिन बाँझो रहेको र पानीको स्रोतहरू सुक्न थालेको बताए ।

    ‘यस क्षेत्र त्यसै पनि गरिबीको चपेटामा छ, आकासे पानीको भर पर्दा यहाँको अवस्था दयनीय भएको छ’, अध्यक्ष शाहले भने, ‘खडेरीले गर्दा कृषिमा आश्रित बहुसंख्यकको जीवन कष्टकर बन्दै गएकाले प्रदेश र संघीय सरकारको ध्यान पुग्न आवश्यक छ ।’

    नरैनापुरमा पानीको हाहाकार भएकाले गाउँपालिकालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए । गाउँपालिकाको उक्त बैठकले मालपोतमा ८० प्रतिशत कर छुट दिने निर्णयसमेत गरेको उनले जानकारी दिए ।

    गाँउपालिकाका अध्यक्ष शाहको अध्यक्षतामा बसेको आकस्मिक बैठकमा सिँचाइका लागि डिप बोरिङलयायत अन्य वैकल्पिक व्यवस्था, सहुलियतस्वरूप डिजलको व्यवस्था र कृषि विद्युतीकरणका साथै कृषि मिटर उपलब्ध गराई विद्युत् महसुल निःशुल्क गराउन प्राथमिकता दिइएको वडा नं-४ का अध्यक्ष मनोज शर्माले बताए ।

    नरैनापुर गाउँपालिकालाई दुर्गम गाउँपालिकाकारूपमा चिनिँदै आएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij