वेबटिभी खबर
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान ९ बजे ट्रक त्रिशूलीमा खसेको हो ।
मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो ।
ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
ट्रकलाई नदी बाहिर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij