Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

तीन महिनामा अलिबाबाका झन्डै १० हजार कर्मचारी बर्खास्त

तीन महिनामा अलिबाबाका झन्डै १० हजार कर्मचारी बर्खास्त

  • 436
    SHARES
  • तीन महिनामा अलिबाबाका झन्डै १० हजार कर्मचारी बर्खास्त

    एजेन्सी । चिनियाँ ई-कमर्स कम्पनी अलिबाबा ग्रुप होल्डिङ लिमिटेडले तीन महिनामा करिब १० हजार कर्मचारीलाई बर्खास्त गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

    अलिबाबाको जुन महिनामा खुद आम्दानीमा ५० प्रतिशतले गिरावट आएको रिपोर्ट सार्वजनिक भइरहेका बेला उसले कर्मचारी कटौती गरेको हो । सुस्त बिक्री र देशमा मन्द अर्थतन्त्रबीच खर्च कटौती गर्ने प्रयास भएको हो ।

    कम्पनीले जुन त्रैमासिकमा ९,२४१ भन्दाबढी कर्मचारी कटौती गरेको थियो । कम्पनीले अहिलेसम्म हजारौँ कर्मचारी कटौती गरिसकेको छ ।

    कम्पनीले जुन त्रैमासिकमा आफ्नो खुद आम्दानीमा ५० प्रतिशतले कमी आई २२.७४ बिलियन युआन (अमेरिकी डलर ३.४ बिलियन) पुगेको रिपोर्ट गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४५.१४ बिलियन युआन थियो ।

    अलिबाबाको स्थापना सन् १९९९ मा भएको थियो । माले सन् २०१५ मा ड्यानियल झाङलाई सीईओ र सन् २०१९ मा अध्यक्षको रूपमा नियुक्त गरेपछि कम्पनीमा ठूलो फेरबदल भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij