Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

ठूला अस्पतालमा फोहाेरको यसरी हुन्छ व्यवस्थापन

ठूला अस्पतालमा फोहाेरको यसरी हुन्छ व्यवस्थापन

  • 659
    SHARES
  • ठूला अस्पतालमा फोहाेरको यसरी हुन्छ व्यवस्थापन

    काठमाडौं । काठमाडौं उपत्यकाका ठूला अस्पतालबाट निस्कने फाेहाेर जन्य पदार्थलाई अस्पतालले आफै व्यवस्थापन गर्दै आइरहेका छन् ।

    ती अस्पतालले काठमाडौं महानगरसँग समन्वयमा अस्पतालबाट निस्कने फाेहाेर व्यवस्थापन गर्दै आइरहेका हुन् । अस्पतालमा मानिसको उपचारमा संलग्न हुने औषधिजन्य कीटाणुदेखि मानिसका अंगको अस्पतालले आफैले सुरक्षित व्यवस्थापन गर्दै आइरहेका छन् ।

    अस्पतालबाट निस्केको फाेहाेर ले अन्य संक्रमण फैलिन नपाओस् भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले फाेहाेर जन्य व्यवस्थापन गर्दै आएको छ । अस्पतालकी निर्देशक डा.मनिषा रावलले २०७२ सालबाट डेडिकेडेड होस्ट म्यानेजमेन्ट सेन्टर स्थापना गरेर अस्पतालको फाेहाेर व्यवस्थापन गर्दै आइरहेको बताइन् ।

    उनका अनुसार अस्पतालको फाेहाेर व्यवस्थापनका लागि सघन उपचार कक्ष सघन उपचार केन्द्र (आइसियु) इन्चार्ज उषा देवकोटाको नेतृत्वमा फाेहाेर को व्यवस्थापनको जिम्मा तोकिएको छ ।

    अस्पतालले फाेहाेर संकलन गर्ने क्रममा नै वर्गीकरण गरी संकलन गर्ने गरेका छन् । संकलन गरेको फाेहाेर लाई अस्पतालको फाेहाेर मैला व्यवस्थापन केन्द्रबाट निर्मलीकरण गर्ने र पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने फाेहाेर लाई छुट्याइ व्यवस्थापन गरिरहेको अस्पतालका निर्देशक डा.रावलले जानकारी दिइन् ।

    ‘हामी सरुवा रोग अस्पताल भएकोले फाेहाेर लाई विशेष प्राथमिकतामा राखेर व्यवस्थापन गर्नुपर्दछ’, उनले भने, ‘मानव अंग र जल्ने खालका फाेहाेर लाई निश्चित् तापक्रममा राखेर जलाउने गर्दछौं र अरु फाेहाेर लाई निर्मलीकरण गर्दछौं ।’

    अस्पतालले प्लास्टिक र सिरिञ्जलाई भने बिक्री गर्दछ । कोरोना महामारीको बेला अस्पताललाई फाेहाेर व्यवस्थापन गर्न चुनौती नै थपिएको उनको भनाइ छ । ‘पीपीइ, ग्लोब्स र मास्क कता फाल्ने समस्या पर्‍यो । अर्को कुरा अस्पतालबाट निस्केको फाेहाेर संक्रमण फैलाउने भन्ने पनि डर भयो,’ उनले भनिन् ।

    ‘सरसफाइ गर्नेलाई फाेहाेर व्यवस्थापनको तालिम लिएर कसरी समुदायमा संक्रमण फैलिन सक्दैन भनेर दियौं । सोही अनुसार फाेहाेर व्यवस्थापन गर्नुभयो ।’ इन्चार्ज देवकोटाले हानिकारक फाेहाेर लाई अटोक्लेप मेसिनबाट खतरा मुक्त बनाइ बेच्ने गरेको बताइन् ।

    अस्पतालमा तीन वटा अटोक्लेप मेसिन रहेका छन् । ‘सुरुमा हानिकारक फाेहाेर लाई अटोक्लेप मेसिनमा राखेर खतरामुक्त बनाउँछौं’, उनले भनिन्, ‘फाेहाेर सामान खतरामुक्त भएपछि छुट्यााएर पुनः प्रयोग गर्न मिल्ने बेच्ने गर्दछौं ।’

    टेकु अस्पतलामा कोभिड-१९ को महामारीको भने फाेहाेर व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता रहेको थियो । पीपीइ, पञ्जा र मास्क जस्ता फाेहाेर व्यवस्थापनका लागि मापदण्ड नहुँदा समस्या परेको उनी बताउछिन् ।

    सामानलाई त्यतिकै राखेर पछि कोभिड-१९ को फाेहाेर व्यवस्थापन गर्नका लागि मापदण्ड बनेपछि सजिलो भएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले पनि अस्पतालको फाेहाेर व्यवस्थापन आफै गरेको छ ।

    अस्पतालले फाेहाेर व्यवस्थापन मापदण्डअनुसार अस्पतालमा रहेका फाेहाेर व्यवस्थापन गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।अस्पतालले मानिसको काम नलाग्ने अंगलाई जलाउने गर्दछ भने अन्यलाई कुहिने र नकुहिने गरी छुट्टाई व्यवस्थापन गर्ने गरिएको उनको भनाइ छ ।

    उनले अस्पतालको शय्यादेखि नै कुहिने र नकुहिने फाेहाेर जम्मा गरी व्यवस्थापन गरिँदै आएको बताए । उनका अनुसार अस्पतालमा जम्मा भएको फाेहाेर लाई छुट्टै टहरामा राखी निसंक्रमणा गरी व्यवस्थापन गरिएको छ ।

    अस्पतालले प्लास्टिक बोतल, सिरिञ्ज जस्ता फाेहाेर लाई ठेकेदारमार्फत व्यवस्थापन गर्दै आइरहेको छ । अस्पतालमा भएका फाेहाेर व्यवस्थापनका लागि १५ जना र अस्पतालभित्र सरसफाइ गर्नका लागि ५० जनाभन्दा बढी कर्मचारी राखिएको छ ।

    निजामती कर्मचारी अस्पतालले पनि महानगरको समन्वयमा फाेहाेर व्यवस्थापन गर्दै आएको छ । अस्पतालका उपसचिव कृष्ण सापकोटाले शय्यादेखि नै कुहिने र नकुहिने छुट्याएर फाेहाेर को व्यवस्थापन गर्ने गरेको बताउँछन् ।

    उनले काठमाडौं महानगरको फाेहाेर को वर्गिकरण अनुसार फाेहाेर व्यवस्थापन गरेको बताए । यसका साथै अस्पतालले मानवअंग र जोखिमजन्य सर्जिकल समानलाई मेसिनमा हालेर प्रदूषित नहुने गरी धुलो बनाएर निष्क्रिय गर्ने गरेको उनको भनाइ छ ।

    ‘जोखिमजन्य फाेहाेर लाई हामीले मेसिनबाट धुलो बनाउँछौं’, उनले भने, ‘धुलो भएपछि महानगरसँग समन्वय गरेर त्यो फाेहाेर धुलोलाई व्यवस्थापन गर्दछौं ।’ अस्पतालको फाेहाेर दैनिक लिन महानगरको कन्टेनर अस्पताल आउने गर्दछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij