Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

लमजुङमा तीन हजारबढी नयाँ मतदाता

लमजुङमा तीन हजारबढी नयाँ मतदाता

  • 284
    SHARES
  • लमजुङमा तीन हजारबढी नयाँ मतदाता

    काठमाडौं । लमजुङमा ३ हजार ३२७ नयाँ मतदाता थपिएका छन् । जसमा एक हजार सात सय ७६ पुरुष र एक हजार पाँच सय ५१ महिला मतदाता छन् ।

    गत १ असारदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा ती मतदाताले नाम लेखाएका हुन् ।

    जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय गरी दुई स्थानमा नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्रले बताइन् ।

    लमजुङमा जिल्लाबाहिरका ५६ जना मतदाताले पनि नाम दर्ता गराएका छन् । यससँगै जिल्लामा कुल मतदाताको संख्या एक लाख ३४ हजार ८२१ पुगेको छ ।

    गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लमजुङमा एक लाख ३१ हजार ४९४ मतदाता थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij